काठमाडौँ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको हो ।कम्पनीको ७ औँ वार्षिक साधारणसभा कात्तिक १८ गते काठमाडौंको मेरियोट होटेलमा मध्यान्ह १२ बजेर १५ मिनेटदेखि सुरु हुने छ । सभामा साधारण प्रस्तावका रुपमा वार्षिक आर्थिक विवरण र सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आ.व. २०८३/८४ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने सम्बन्धी प्रस्तावहरु माथि छलफल गरि पारित गर्ने एजेण्डा रहेका छन् ।
वार्षिक साधारण सभाको प्रयोजनको लागि कात्तिक १३ गते शुक्रबारको लागि कम्पनीको सेयर दाखिल खारेज दर्ता बन्द गरिनेछ । यस अनुसार कार्तिक १२ गतेसम्म सेयर बाँडफाँड भई कम्पनीको सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न पाउनेछन् ।




.gif)



