images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • रिलायन्स स्पिनिङ मिल्सले बाँड्यो ३० प्रतिशत...

रिलायन्स स्पिनिङ मिल्सले बाँड्यो ३० प्रतिशत नगद लाभांश, ५७ करोड रुपैयाँ वितरण गर्ने

रिलायन्स स्पिनिङ मिल्सले बाँड्यो ३० प्रतिशत नगद लाभांश, ५७ करोड रुपैयाँ वितरण गर्ने

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीको बिहीबार काठमाडौँमा सम्पन्न साधारणसभाले संचालक समितिको प्रस्ताव अनुमोदन गर्दै उच्च अङ्कको लाभांश वितरण गर्ने निर्णय गरेको हो । निर्णयसँगै अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिनेछ । प्रस्तावित लाभांशमा प्रचलित कानुन बमोजिम लाग्ने करसमेत समावेश गरिएको छ।

    images
    images

    साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण भएको वित्तीय प्रतिवेदन पारित गरेको छ । गोल्याण ग्रुप अन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स गत आर्थिक वर्षमा नेप्सेमा सूचीकरण भएको नेपालको सबैभन्दा ठूलो निर्यातमूलक र रोगारदाता कम्पनी हो ।साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत व्यवसाय विस्तार गर्नेसम्बन्धी महत्वपूर्ण योजना प्रस्ताव पनि पारित गरेको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गरी अत्याधुनिक प्रविधियुक्त उद्योग स्थापना गर्ने र विभिन्न प्रकारका फाइबर उत्पादन गर्ने उद्देश्य योजनामा सामेल छन् ।‘अल्लो, हेम्प, केरा लगायतका प्राकृतिक फाइबरबाट धागो उत्पादन गर्नुका साथै विभिन्न प्रकारका कपडा तथा गार्मेन्ट उत्पादन र फाइबर, धागो तथा कपडाको रङ्गाई गरिनेछ’ संशोधित प्रावधानमा भनिएको छ ।

    कम्पनीले औद्योगिक विस्तार, प्राकृतिक फाइबरमा आधारित उत्पादन तथा कपडा र गार्मेन्ट उद्योगमा प्रवेश गर्ने रणनीति अघि बढाउने भएको छ । कम्पनीको प्रस्तावित व्यवसाय विस्तारले परम्परागत तथा स्थानीय स्रोतमा आधारित फाइबरलाई आधुनिक प्रविधिसँग जोड्दै मूल्य अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। विशेषगरी फाइबर, धागो, कपडा तथा तयारी पोशाक उत्पादनमा प्रवेश गर्ने योजनालाई कम्पनीको व्यवसाय विविधीकरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिको संरचनामा पनि परिवर्तन गरेको छ।संशोधित व्यवस्थाअनुसार कम्पनीमा संस्थापक सेयरधनी समूहबाट चार जना, सर्वसाधारण सेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक गरी कुल ६ सदस्यीय सञ्चालक समिति रहने व्यवस्था गरिएको छ। यसैअनुसार सम्पन्न निर्वाचन प्रक्रियाबाट संस्थापक सेयरधनी समूहबाट पवन कुमार गोल्याण, शशीकान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित भएका छन्।त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन ।  साधारणसभाले कम्पनीको स्वतन्त्र सञ्चालकमा वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीको नियुक्तिसमेत अनुमोदन गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend