काठमाडौँ । साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । अघिल्लो दिन पनि सामान्य अंकले बढेको बजार आज दोहोरो अंकले बढेको हो । आज सेयर बजार परिसूचक १७.१५ अंकले बढेर २५९१.८० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.८० अंकले बढेर ४६५.८५ विन्दुमा पुगेको छ । आज सेयर बजाका सबै १३ उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक बढेको दिन सेयर बजारमा करिब ५ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३५३ कम्पनीका १ करोड २९ लाख ५ हजार ९४२ कित्ता सेयर ५२ हजार ४४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैयाँको कारोबार भएको छ ।




.gif)



