images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • बुद्धभूमी नेपाल हाईड्रोपावरको १८ औँ वार्षिक...

बुद्धभूमी नेपाल हाईड्रोपावरको १८ औँ वार्षिक साधारणसभा आह्वान

बुद्धभूमी नेपाल हाईड्रोपावरको १८ औँ वार्षिक साधारणसभा आह्वान

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ ।  बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गतेका लागि १८ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।उक्त सभा बालनट बिस्ट्रो दोचा मार्ग, पानीपोखरी, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ । सभाले संचालक समितको तर्फबाट पेश गरेको आ. व. २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ. व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने छ । त्यस्तै लेखा परीक्षण समितको सिफारिस बमोजिम आ. व. २०८३ /८४ को लागी लेखा परीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने, संचालकहरूको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ ।

    images
    images

    त्यस्तै वार्षिक साधारण सभाको माईन्यूटमा हस्ताक्षर गर्ने प्रतिनिधिको नियुक्ति गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्ने छ । साधारण सभा प्रयोजनका लागि कम्पनीको कात्तिक १० गते एक दिन सेयर दाखिला पुस्तिका (बुक क्लोज) गर्ने जनाएको छ । यो अनुसार कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम भएका सेयरधनीहरूले उक्त साधारण सभामा भाग लिन मतदान गर्न पाउनेछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend