images

२०८३ आश्विन २४ गते

images
images
images

राजमार्ग अवरुद्ध हुँदा यात्रुको सास्ती बढ्यो

राजमार्ग अवरुद्ध हुँदा यात्रुको सास्ती बढ्यो

images
images
शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • धादिङ । धादिङको गजुरी गाउँपालिका–५ गलौंदीमा पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध भएपछि यात्रु महँगो भाडा तिर्न बाध्य भएका छन्। सडक अवरुद्ध हुँदा घर फर्किने यात्रु समस्यामा परेका छन् भने सवारीसाधनको अव्यवस्थित सञ्चालनले उनीहरूको सास्ती थपिएको छ।

    images
    images

    सडकमा सवारीसाधनको लामो लाइन लाग्ने र यात्रु ओसारपसारको व्यवस्थापन अस्तव्यस्त हुँदा यात्रुले समस्या भोग्नुपरेको हो। यस्तो अवस्थामा ट्राफिक प्रहरी र प्रशासनले प्रभावकारी नियमन गर्न नसकेको यात्रुहरूको गुनासो छ।

    यात्रु श्रीराम ठाकुरका अनुसार गलौंदीबाट काठमाडौं फर्किन ५०० रुपैयाँ र नारायणगढ जान ६०० देखि ७०० रुपैयाँसम्म भाडा तिर्नुपरेको छ। सडक अवरुद्ध भएको मौका छोपेर सवारीसाधनले यात्रुसँग मनपरी भाडा असुलिरहेको उनको आरोप छ।

    images
    images

    माइक्रोबस लगायतका सवारीसाधनमा यात्रु चढाउने विषयमा तँछाडमछाड हुने गरेको र बीच सडकमा अव्यवस्थित रूपमा सवारी रोकिँदा यात्रुले थप सास्ती खेप्नुपरेको ठाकुरले बताए। सवारीसाधनको उचित व्यवस्थापन नहुँदा यात्रुहरू अन्योलमा पर्ने गरेको उनको भनाइ छ।

    स्थानीय उमेश बीकेले पनि धादिङमा ट्राफिक प्रहरीको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार सवारीसाधन व्यवस्थापनमा प्रभावकारी भूमिका देखिएको छैन। सवारीसाधनको चाबी खोस्नेलगायतका गतिविधि तथा यात्रुसँग गरिने व्यवहारसमेत उचित नभएको उनले आरोप लगाए।

    ‘यस्तो अवस्थामा प्रशासन कहाँ छ ? ट्राफिक प्रहरीले के हेरेर बसेको छ ? यात्रुको समस्या कसले हेर्ने हो ?’ यात्रुहरूले प्रश्न गरेका छन्।

    यता, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले आफू स्वयं फिल्डमा खटिएर अवस्थाबारे बुझिरहेको बताएका छन्। यात्रुसँग बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने उनको भनाइ छ।

    दशैंको मुखमा राजमार्ग अवरुद्ध हुँदा घर फर्किने यात्रुहरू थप मारमा परेका छन्। सडकको समस्या एकातिर छ भने अर्कोतर्फ सवारीसाधनको अव्यवस्थित सञ्चालन र महँगो भाडाको गुनासोले यात्राको कठिनाइ बढाएको छ।

    सडक अवरुद्ध भएको अवस्थामा यात्रुको सहज आवागमन सुनिश्चित गर्न सवारीसाधनको लाइन व्यवस्थापन, भाडा अनुगमन तथा यात्रुमैत्री व्यवहारमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ। बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही गर्ने प्रहरीको प्रतिबद्धता कार्यान्वयनमा आएपछि मात्रै यात्रुले राहत पाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend