images

२०८३ आश्विन १६ गते

images
images
images

मन्त्रीहरूसँग मुख्यमन्त्रीकाे कार्यसम्पादन सम्झौता

मन्त्रीहरूसँग मुख्यमन्त्रीकाे कार्यसम्पादन सम्झौता

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशका मन्त्रीहरू तथा प्रमुख सचिवसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री थापाले मंगलबार प्रदेशका ७ मन्त्री र प्रमुख सचिव कमल प्रसाद भट्टराईसँग औपचारिक रूपमा कार्यसम्पादन सम्झौता गरेका हुन् ।मुख्यमन्त्री थापाले प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ र सुशासन नियमावली, २०७७ को नियम ९ को व्यवस्था अनुसार मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।

    images
    images

    सम्झौता गर्ने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री राजु विष्ट, भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसी, र कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री रमा आले मगर रहेका छन् ।सम्झौतापछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ) बितिसकेकाले अब काममा कुनै पनि ढिलासुस्ती गर्न नहुने निर्देशन दिए । बाँकी समयलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए । हिलो दुई महिनाको समय गुमेको भए पनि त्यसलाई पूर्ति गर्ने गरी मन्त्रालय र मातहतका कार्यालयहरूले कार्यतालिका (रुटिन) बनाएर अघि बढ्नुपर्ने मुख्यमन्त्रीको भनाइ छ । उनले आफ्ना मातहतका कार्यालय प्रमुखहरूलाई समयमै काम अघि बढाउन मन्त्री तथा सचिवहरूलाई निर्देशन दिन आग्रह समेत गरे ।

    ‘हामीसँग काम गर्न अब मोटामोटी २०० दिन मात्र बाँकी छ । त्यसमा पनि हप्ताको दुई दिन बिदाका कारण कार्यान्वयन पक्षमा चुनौतीहरू छन् । यस्तो अवस्थामा विशेषगरी विकासे मन्त्रालयहरूले काममा ढिलासुस्ती गरे यस वर्ष प्रगति देखाउन सकिँदैन ।’ उनले भने ‘प्रदेश सरकारले गर्नुपर्ने काम निश्चित अवधिभित्र सम्पन्न गर्न, निश्चित परिणाम हासिल गर्न र प्राथमिकताप्राप्त योजनाहरू समयमै कार्यान्वयनमा लैजान नतिजा सूचकमा आधारित कार्यसम्पादन करार गरिएको हो ।’कार्यसम्पादन करार सम्झौताको व्यवस्थाले प्रदेशअन्तर्गतका कार्यालय प्रमुख, सचिव, मन्त्री हुँदै मुख्यमन्त्रीसम्मलाई कार्यसम्पादन र नतिजाप्रति पूर्ण रूपमा जिम्मेवार तथा उत्तरदायी बनाउने विश्वास मुख्यमन्त्री थापाले व्यक्त गरे ।उनले बजेट विनियोजन भएका योजनाहरूलाई निर्धारित समय, लागत र गुणस्तरमा पूरा गरी जनतालाई चाँडो परिणाम दिन सबै मन्त्रालय र राष्ट्रसेवक कर्मचारीहरूलाई तदारुकताका साथ लाग्न आग्रह गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend