images

२०८३ कार्तिक ४ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र...

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट आज (कात्तिक २८) गते फेरि ५० अर्ब तरलता खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।  

    images
    images

    अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको मंसिर १९ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images

    केन्द्रीय बैंकले कात्तिक लागेपछि यो पाँचौ पटक तरलता खिच्न लागेको हो । यसअघि बैंकले १ गते १ खर्ब, ७ गते ४० अर्ब, २१ गते १ खर्ब रुपैयाँ, २५ गते ५० अर्ब रूपैयाँ तरलता खिचेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend