images

२०८३ आश्विन १५ गते

images
images
images

पाँचथरमा रातको समयमा सवारी आवागमन रोक

पाँचथरमा रातको समयमा सवारी आवागमन रोक

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • पाँचथर । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न रातको समयमा जिल्लास्थित सबै सडकमा सवारी आवागमन बन्द गरिएको जानकारी दिए ।असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिएका छन् ।

    images
    images

    भारी तथा अतिभारी वर्षाको सम्भावनालाई ख्याल गर्दै विभिन्न सडक सुरक्षित नभएसम्म मेची राजमार्ग, तमोर कोरिडोर सडक, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, भेडेटार–रबि–राँकेलगायतका सडकमा सवारी आवागमन बन्द गरिएको हो ।भारी वर्षाको सम्भावनाका कारण पाँचथरका स्थानीय तहहरुले आज र भोलि विद्यालयहरुलाई बिदा दिएका छन् । पाँचथरमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । अहिलेसम्म अप्रिय घटना जानकारीमा आइसकेको छैन ।

     

    818713690_906235745692314_2882943035207121203_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend