images

२०८३ कार्तिक ४ गते

images
images
images

३६६ दिनका लागि बैंक तथा वित्तीय संस्थामा निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

३६६ दिनका लागि बैंक तथा वित्तीय संस्थामा निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ८३ करोड २० लाख रुपियाँ बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । 

    images
    images

    राष्ट्र बैंकले विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ३६ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २५ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ८ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । 

    राष्ट्र बैंकले आगामी मंसिर २ गते देखि लागू हुनेगरी २०८२ मंसिर १ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २७ गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend