images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’...

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा, ५० लाखसम्म कर्जा पाइने

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा, ५० लाखसम्म कर्जा पाइने

images
images
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंकले नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो ।यस सुविधा अन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहनाहरू धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाखसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् भने धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने भएको छ ।

    images
    images

    यस सुविधामार्फत ग्राहकहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने बैंकले जनाएको छ ।ग्राहकहरूलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि सिद्धार्थ बैङ्कको काठमाडौं स्थित न्यूरोड गेट शाखाबाट उपलब्ध गराइएको बैंकले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend