images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन बैंकको दोस्रो त्रैमाससम्म नाफा...

हिमालयन बैंकको दोस्रो त्रैमाससम्म नाफा १ अर्ब २९ करोड

हिमालयन बैंकको दोस्रो त्रैमाससम्म नाफा १ अर्ब २९ करोड

images
images
बिहिवार, माघ १५ २०८२
बिहिवार, माघ १५ २०८२
  • काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म १ अर्ब २९ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । बिहीबार प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा, ब्याज आम्दानी र सञ्चालन मुनाफालगायतका प्रमुख सूचकहरूमा ह्रास आएको देखिएको छ।चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको खुद नाफा करिब १५ प्रतिशतले खुम्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    images
    images

    बैंकको मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानीमा समेत १०.१८ प्रतिशतको गिरावट आएको छ। गत वर्ष ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष ४ अर्ब ७० करोड २३ लाख रुपैयाँमा सीमित हुन पुगेको हो। त्यस्तै, बैंकको सञ्चालन मुनाफामा पनि भारी गिरावट देखिएको छ। गत वर्ष ३ अर्ब १२ करोड ३३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा घटेर १ अर्ब ८५ करोड ३७ लाख रुपैयाँमा झरेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend