काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले राजीनामा नदिने भएका छन् ।माघ ६ गते प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुअघि आज बालेनले राजीनामा दिने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा आज दिउँसो २ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारी रहेको जनाइएको थियो । तर बालेनले पदबाट राजीनामा नदिने भएका छन् । बालेन झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने तयारीमा छन् । तयारीपछि रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको जनाइएको छ ।
पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै पार्टीमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र बालेन आगामी प्रधानमन्त्री बन्ने समझदारी गरेका थिए। त्यसपछि बालेन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने तयारीमा छन्।यद्यपि तोकिएको मितिअनुसार फागुन २१ मा चुनाव हुने भनिए पनि,हालको विकसित राजनीतिक घटनाक्रमले यसमा प्रभाव पार्न सक्ने सम्भावनाबाट बालेन देखिएका छन् ।




.gif)



