images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बुढासुब्बा गोल्डकप माघ २२ देखि, १०...

बुढासुब्बा गोल्डकप माघ २२ देखि, १० टोलीको सहभागिता

बिहिवार, माघ १ २०८२
बिहिवार, माघ १ २०८२
  • धरान (सुनसरी), १ माघ । प्रत्येक वर्ष धरानमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुनेछ।

    images
    images

    धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गर्दै आएको प्रतियोगितामा यस वर्ष १० वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले गत वर्ष आठ टोली सहभागी रहेकोमा यस वर्ष दुई टोली थपिएको जानकारी दिए।

    प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिनेछ।

    images
    images

    प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५।२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका महासचिव नवीन राईले जानकारी दिए। प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

    यस वर्षको प्रतियोगितामा
    एनआरटी क्लब काठमाडौँ, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्फु क्लब (भुटान), जर्जियन क्लब लेम्पुङ (भारत), एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, झापा–११ झापा र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछन्।

    धरान (सुनसरी), १ माघ । प्रत्येक वर्ष धरानमा आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुनेछ।

    धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गर्दै आएको प्रतियोगितामा यस वर्ष १० वटा टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले गत वर्ष आठ टोली सहभागी रहेकोमा यस वर्ष दुई टोली थपिएको जानकारी दिए।

    प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिनेछ।

    प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५।२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबका महासचिव नवीन राईले जानकारी दिए। प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

    यस वर्षको प्रतियोगितामा
    एनआरटी क्लब काठमाडौँ, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्फु क्लब (भुटान), जर्जियन क्लब लेम्पुङ (भारत), एलए क्लब पोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड क्लब काठमाडौँ, झापा–११ झापा र आयोजक धरान फुटबल क्लब सहभागी हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend