images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • हिमालयन बैंकबाट ६ जना संस्थापक बाहिरिँदै,...

हिमालयन बैंकबाट ६ जना संस्थापक बाहिरिँदै, शेयर बिक्रीमा

हिमालयन बैंकबाट ६ जना संस्थापक बाहिरिँदै, शेयर बिक्रीमा

images
images
सोमवार, पौष २८ २०८२
सोमवार, पौष २८ २०८२
  • काठमाडौं । हिमालयन बैंक लिमिटेडका ६ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेका छन् । बैंकले विभिन्न मूल्य तोकी संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८१ को निर्देशन नम्बर १० बमोजिम संस्थापक शेयर खरिदका लागि पहिलो प्राथमिकता हालका संस्थापक शेयरधनीलाई दिइनेछ । इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कानुन विभाग काठमाडौंमा निवेदन दिनुपर्नेछ ।तोकिएको अवधिभित्र हालका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    images
    images

    सूचना अनुसार शेयर बिक्री गर्न चाहने संस्थापक शेयरधनीहरूमा जीत कुमार श्रेष्ठ, घनमान बज्राचार्य, जयन्तकुमार अग्रवाल, हरि प्रसाद प्रसाईँ, महेन्द्र नाथ कर्माचार्य र तुलसी राम नेपाल रहेका छन् । उनीहरूले बिक्रीमा राखेको शेयर सङ्ख्या फरक-फरक रहेको छ ।जीत कुमार श्रेष्ठको नाममा रहेको २० हजार ४८२ कित्ता, घनमान बज्राचार्यको १९ हजार ४९२, जयन्तकुमार अग्रवालको एक सय कित्ता, हरि प्रसाद प्रसाईँको ५ हजार २८८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता र तुलसी राम नेपालको ७ हजार ४०९ कित्ता बिक्रीमा राखिएको छ ।संस्थापक शेयरको बिक्री मूल्य सम्बन्धित शेयरधनी अनुसार फरक-फरक रहेकाले विस्तृत जानकारीका लागि कानुन विभागमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend