images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • जाँचबुझ आयोगले अर्को हप्ता ओली र...

जाँचबुझ आयोगले अर्को हप्ता ओली र लेखकको बयान लिँदै

जाँचबुझ आयोगले अर्को हप्ता ओली र लेखकको बयान लिँदै

images
images
बिहिवार, पौष ३ २०८२
बिहिवार, पौष ३ २०८२
  • जेनजी आन्दोलनमा भएको दमन र क्षतिबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई आगामी हप्ता बयानमा बोलाउने भएको छ ।बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्न जाने क्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओली र लेखकलाई अर्को हप्ता बोलाइने बताए ।२३ भदौको आन्दोलनमा तत्कालीन सरकारले अत्यधिक बल प्रयोग गरेकोमा सरकारका प्रधानमन्त्री र गृहमन्त्रीमाथि कारबाहीका लागि जेनजी अगुवाहरूले दबाब दिँदै आएका छन् ।

    images
    images

    आन्दोलनको तीन महिना बित्दा पनि सोधपुछसमेत नभएको भन्दै आक्रोश व्यक्त हुँदै आएको छ । ओली र लेखकविरुद्ध सहिद परिवारले प्रहरीमा जाहेरीसमेत दर्ता गरेकोमा प्रहरीले आयोगको प्रतिवेदनपछि मात्रै यस विषयमा निर्णय लिने बताउँदै आएको छ । तीनमहिने म्याद भने एक साता मात्र बाँकी छ । ९ पुसमा म्याद सकिन लागेपछि आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री कार्कीसँग भेटेर छलफल गरेका हुन् ।भेटमा म्याद थपको विषयमा पनि छलफल भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए । ‘कति दिन थप्नुपर्छ भन्नेमा हामी आकलन गरेर जानकारी गराउँछौँ भनेका छौँ,’ उनले भने, ‘बयान नै बाँकी रहेकाले अहिलेको म्यादभित्र काम गर्न सम्भव छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend