images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • जाँचबुझ आयोगले लिन थाल्यो दवाडी र...

जाँचबुझ आयोगले लिन थाल्यो दवाडी र खापुङसँग बयान

जाँचबुझ आयोगले लिन थाल्यो दवाडी र खापुङसँग बयान

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौँ । जेनजी घटनाबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँग बयान लिन थालेको छ । बिहीबारबाट उनीहरूको बयान लिन थालिएको आयोगका एक जना पदाधिकारीले  बताए ।जेनजी प्रदर्शन हुँदा गृह मन्त्रालयमा रहेका दुवाडीलाई अन्तरिम सरकाले असोज ७ मा राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । मङ्सिर ९ देखी उनी अवकाशमा गएका छन् ।

    images
    images

    जेनजी प्रदर्शन हुँदा आईजीपी रहेका खापुङ कात्तिक २६ मा सेवा निवृत भएका थिए । प्रदर्शनमा किशोरहरूको ज्यान जानेगरी बल प्रयोग गर्नुपर्ने अवस्था कसरी आयो भनेर आयोगका पदाधिकारीहरूले उनीहरूसँग बयान लिन थालेका छन् ।भदौ १९ बाट प्रहरीको कमान्ड समालेका खापुङले आईजीपी भएको पाँचौँ दिनमा नै जेनजी प्रदर्शनको मार खेपेका थिए । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग पनि बयान लिइरहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend