images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा तीन उत्कृष्टता...

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा तीन उत्कृष्टता अवार्ड प्रदान

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा तीन उत्कृष्टता अवार्ड प्रदान

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडौं ।सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलसँगको एशोसियट क्लाइन्टका रुपमा रहेको साझेदारी अन्तर्गत आयोजित भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ।यी अवार्डहरू बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्ट प्रदर्शन, व्यवसायिक साझेदारीप्रतिको प्रतिबद्धता तथा ग्राहक केन्द्रित सेवाको उच्च मूल्याङ्कनको आधारमा प्रदान गरिएको हो । ​​​​​​

    images
    images

    बैंकको डिजिटल भुक्तानी सेवा, कार्ड व्यवसाय एवं व्यवसायिक साझेदारीमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा निम्न अवार्डहरु भिसाद्वारा बैंकलाई प्रदान गरिएको छ ।

    1. Excellence in Consumer Credit Cards
    2. Excellence in Prepaid Cards 
    3. Excellence in POS Acquiring 

    images
    images

    ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पिओएससेवामा उल्लेखनीय रुपमा बजार बिस्तार गर्दै आएको छ । यी उपलब्धिले बैंकको सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकले जनाएको छ ।असार मसान्तसम्म बैंकहरूले कुल करिब ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरिसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ६० हजार क्रेडिट कार्ड रहेको छ । यस आधारमा बैंकको बजार हिस्सा करिब १९ प्रतिशत रहेको देखिन्छ । जारी संख्यामा मात्र होइन, आषाढ २०८२ मसान्तसम्मको कारोबारको हिसाबले पनि बैंकले करिब १५ प्रतिशत हिस्सा ओगटेको छ ।

    त्यसैगरी, आषाढ २०८२ मसान्तसम्म बजारमा २ लाख ५० हजार प्रिपेड कार्ड जारी भइसकेका छन्, जसमा सिद्धार्थ बैंकको हिस्सा करिब ३४ हजार कार्ड रहेको छ । साथै, आषाढ २०८२ मसान्तसम्म उद्योगस्तरमा करिब १ करोड २५ लाख पीओएस एइक् कारोबार भएका छन् भने सोही अवधिमा सिद्धार्थ बैंकमार्फत करिब ९ लाख ३६ हजार कारोबार भएका छन्, जसको आधारमा बैंकको बजार हिस्सा करिब ८ प्रतिशत रहेको छ ।अन्तर्राष्ट्रिय स्तरको यस सम्मानले बैंकको सेवा गुणस्तर र नवप्रवर्तन क्षमतालाई थप सुदृढ बनाएको छ । सिद्धार्थ बैंक भविष्यमा पनि आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यवसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहँदै अघि बढ्ने बैंकले विश्वास लिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend