images

२०८३ आश्विन १५ गते

images
images
images

खानेपानीका योजनाहरूमा बजेटको अभाव

खानेपानीका योजनाहरूमा बजेटको अभाव

images
images
बुधवार, कार्तिक १२ २०८२
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौँ । कात्तिक १२,पाँचथर जिल्लामा पालिका तथा वडास्तरमा निर्माण र मर्मत भइरहेका खानेपानीका योजनाहरूमा बजेट अभाव देखिएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाँचथरका प्रमुख देवनाथ यादवका अनुसार हाल जिल्लाभरका १३ वटा खानेपानी योजनामा बजेट अपुग भएको हो।

    images
    images

    सङ्घीय सशर्त अनुदानमा निर्माण तथा मर्मत भइरहेका फिदिम, लुम्फाबुङ, लुङरुपा, पौवासारताप, खाल्डेखोल्सी, दुर्दिम्बा, सूर्यधन, इम्बुङ, रानीटार, रवि बजार, माङ्जाबुङ र फाक्तेप लगायतका खानेपानी योजनाहरूमा बजेट अभाव देखिएको प्रमुख यादवले जानकारी दिनुभयो।

    आर्थिक वर्ष २०८२।०८३ मा यी योजनाहरूलाई बजेट अपुग भएपछि डिभिजन कार्यालयले प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयलाई थप बजेटका लागि पत्राचार गरेको छ।

    images
    images

    गत आर्थिक वर्षमा बाढीपहिरोका कारण क्षतिग्रस्त भएका मुख्य १५ वटा योजनाको मर्मतका लागि १० करोड रुपैयाँ माग गरिएको थियो। तर मन्त्रालयले त्यसको केवल एक करोड रुपैयाँ मात्र निकासा गरेको कार्यालयले जनाएको छ।

    बजेटको कमीले जिल्लाका खानेपानी परियोजनाहरू समयमै सम्पन्न नहुनुका साथै मर्मत कार्य पनि रोकिएको छ, जसले स्थानीय बासिन्दाको दैनिकीमा थप चुनौती थपिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend