images

२०८३ आश्विन १६ गते

images
images
images

सङ्खुवासभा भूकम्पको धक्का,आसपासका जिल्लामा महसुस

सङ्खुवासभा भूकम्पको धक्का,आसपासका जिल्लामा महसुस

images
images
मंगलवार, कार्तिक ११ २०८२
मंगलवार, कार्तिक ११ २०८२
  • काठमाडौँ । कात्तिक ११, सङ्खुवासभा जिल्लाको तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

    images
    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु सङ्खुवासभाको उत्तरपूर्वी भाग, तिब्बत सीमासँग नजिक रहेको जनाइएको छ।

    भूकम्पको धक्का सङ्खुवासभा सहित आसपासका जिल्ला ताप्लेजुङ, भोजपुर, धनकुटा र तेह्रथुममा समेत हल्का रूपमा महसुस गरिएको स्थानीयवासीहरूले बताएका छन्।

    images
    images

    हालसम्म यस भूकम्पका कारण मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपालमा पछिल्ला दिनहरूमा साना ठूला भूकम्पीय गतिविधि जारी रहेका छन्, र यसले नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र रहेको पुष्टि गर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend