काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महासचिव किरण राईलाई निलम्बन गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार राति एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित “महासचिवलाई स्पष्टीकरण माग गर्दै निलम्बन गरिएको” भन्ने समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भनिएको छ, “प्रस्तुत विषयहरुको सन्दर्भमा एन्फा सचिवालयलाई कुनै आधिकारिक जानकारी नभएको र उक्त पत्रहरु एन्फा कार्यालयबाट प्रेषित नभएको साथै दर्ता, चलानी, छापलगायतका प्रक्रिया पनि पुरा नभएको जानकारी गराउँदछौं।”
विज्ञप्तिमा वरिष्ठ उपाध्यक्ष खड्कालाई संघको विधान अनुसार यस्ता निर्णय लिने कुनै कानुनी हैसियत नरहेको उल्लेख गरिएको छ। एन्फाले महासचिव निलम्बन सम्बन्धी पत्रहरू संस्थागत रूपमा अस्वीकृत गर्दै त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।
यस घटनाले एन्फाभित्रको आन्तरिक समन्वय र नेतृत्वबीचको विवादलाई उजागर गरेको देखिन्छ।





.gif)





