images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • मध्य भोटे कोशी जलविद्युत आयोजनाबाट १०२...

मध्य भोटे कोशी जलविद्युत आयोजनाबाट १०२ मेगावाट विद्युत् उत्पादन सुरु

मध्य भोटे कोशी जलविद्युत आयोजनाबाट १०२ मेगावाट विद्युत् उत्पादन सुरु

images
images
बिहिवार, आश्विन ३० २०८२
बिहिवार, आश्विन ३० २०८२
  • काठमाडौँ । असोज ३०, सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिएको १०२ मेगावाट क्षमताको मध्य भोटे कोशी जलविद्युत आयोजनाले असोज २० गतेदेखि व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ।

    images
    images

    मध्य भोटेकाशी जलविद्युत कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाबाट उत्पादित विद्युत अब नियमित रूपमा राष्ट्रिय प्रसारण प्रणालीमार्फत आपूर्ति गरिनेछ।

    नेपाल विद्युत प्राधिकरण (नेपामा) र कम्पनीका पदाधिकारीहरू सम्मिलित समन्वय समितिको असोज २९ गते बसेको बैठकले आयोजना सञ्चालनको मिति औपचारिक रूपमा असोज २० गते मध्यान्ह १२ः०० बजे देखि लागू हुने निर्णय गरेको हो।

    images
    images

    कम्पनीद्वारा जारी सूचनामा भनिएको छ कि, विद्युत खरिद बिक्री सम्झौता अनुसार नै उक्त निर्णय गरिएको हो।

    यस आयोजनाबाट उत्पादित विद्युतले राष्ट्रिय ग्रिडमा थप शक्ति पुर्‍याउनुका साथै, ऊर्जा आत्मनिर्भरता र स्थानीय विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend