images

२०८३ मंसिर १२ गते

images
images
images
  • उर्जा
  • काठमाडौंका विभिन्न क्षेत्रमा दैनिक पाँच घण्टा...

काठमाडौंका विभिन्न क्षेत्रमा दैनिक पाँच घण्टा विद्युत् कटौती हुने

काठमाडौंका विभिन्न क्षेत्रमा दैनिक पाँच घण्टा विद्युत् कटौती हुने

images
images
शनिवार, मंसिर १२ २०८३
शनिवार, मंसिर १२ २०८३
  • काठमाडौँ, १२ मङ्सिर । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौंका विभिन्न क्षेत्रमा आज (शनिबार) देखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

    images
    images

    प्राधिकरणका अनुसार काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको छ। सोही क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक काम गर्नुपर्ने भएकाले विभिन्न फिडरबाट विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

    निर्धारित कार्यतालिका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।

    images
    images

    विद्युत् वितरण प्रणालीलाई थप व्यवस्थित, सुरक्षित तथा भरपर्दो बनाउने उद्देश्यले प्राविधिक काम अघि बढाइएको प्राधिकरणले जनाएको छ। विद्युत् कटौतीबाट प्रभावित हुने क्षेत्रका उपभोक्तालाई आवश्यक कामको व्यवस्थापन गर्न प्राधिकरणले अनुरोध गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend