images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौँ । महालक्ष्मी विकास बैंक इन्डियन चेम्ब्।र अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘सम्पत्ति गुणस्तर’ अन्तर्गतको विधामा सम्मान पाएको हो । 

    images
    images

    शुक्रवार नयाँ दिल्लीमा आयोजित ‘तेस्रो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो ।  

    बैंकले सम्पत्तिको संरचना, सम्पत्तिहरूको प्रभावकारी परिचालन तथा सम्पत्तिको गुणस्तर सुधारमा उल्लेखनीय कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको जनाइएको छ ।  यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend