images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • चिकित्सा शिक्षा आयोगद्वारा एकीकृत प्रवेश परीक्षा...

चिकित्सा शिक्षा आयोगद्वारा एकीकृत प्रवेश परीक्षा कात्तिक १५ गतेदेखि

चिकित्सा शिक्षा आयोगद्वारा एकीकृत प्रवेश परीक्षा कात्तिक १५ गतेदेखि

images
images
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • काठमाडौँः भदौ १, चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०२६ का लागि स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीहरूका लागि एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ।

    images
    images

    आयोगद्वारा आइतबार जारी सूचना अनुसार भदौ २ गते बिहान १० बजे देखि भदौ २२ गते साँझ ५ बजेसम्म अनलाइन मार्फत आवेदन दिन सकिनेछ। निर्धारित म्याद पछि छुटेका इच्छुक विद्यार्थीहरूले भदौ २३ देखि २९ गते सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    प्रवेश परीक्षा कात्तिक १५ गते देखि १९ गते सम्म काठमाडौँ उपत्यकाका विभिन्न केन्द्रहरूमा सञ्चालन हुनेछ। परीक्षा केन्द्रहरूको विवरण आयोगले पछि सार्वजनिक गर्ने जनाएको छ।

    images
    images

    परीक्षा तालिका अनुसारः

    कात्तिक १५ – एमबीबीएस,कात्तिक १६ – बीडीएस, कात्तिक १७ – बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफरी, बीएएसएलपी, बी पफ्र्युजन टेक्नोलोजी, कात्तिक १८ – बीएएमएस, बीएनएस।बीएमएस, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बी फार्मा, बीएस्सी रेडियोथेरापी, बी अप्टोमेट्री,कात्तिक १९ – बीपीएच

    सबै विषयका प्रवेश परीक्षा २०० पूर्णाङ्कको हुनेछन् र परीक्षा अवधि ३ घण्टा तोकिएको छ। एउटा भन्दा बढी कार्यक्रमको लागि आवेदन दिन चाहने विद्यार्थीले तालिका नजुध्ने गरी मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    आवेदन शुल्क नेपाली विद्यार्थीका लागि रु ४,००० र विदेशी विद्यार्थीका लागि रु ८,००० निर्धारण गरिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend