images

२०८३ आश्विन १६ गते

images
images
images

राष्ट्रिय विकास बैंकहरूको नाफा २२% ले वृद्धि, मुक्तिनाथ र गरिमाको दबदबा

राष्ट्रिय विकास बैंकहरूको नाफा २२% ले वृद्धि, मुक्तिनाथ र गरिमाको दबदबा

images
images
शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ २०८२
  • काठमाडौँ, ३१ साउन, चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासिक सम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरूले उल्लेख्य लाभ आर्जन गरेका छन्। नेपालका ८ वटा राष्ट्रिय विकास बैंकहरूले कूल ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २२.०१ प्रतिशतले वृद्धि भएको हो।

    images
    images

    गत वर्ष सोही अवधिमा ती बैंकहरूले ४ अर्ब ५९ करोड ६२ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए।

    मुक्तिनाथ विकास बैंक नाफा आर्जनमा अग्रस्थानमा रहेको छ। बैंकको नाफा ३०.८० प्रतिशतले वृद्धि भई १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा मुक्तिनाथले १ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो।

    images
    images

    नाफा वृद्धिको प्रतिशतका हिसाबले गरिमा विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले २०१.९७ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ३१ करोड रुपैयाँ कमाउन सफल भएको छ।

    त्यस्तै, शाइन रेसुङ्गा विकास बैंकले ०.४८ प्रतिशतको सामान्य वृद्धि गर्दै ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ। सांग्रिला विकास बैंकको नाफा ६.५१ प्रतिशतले वृद्धि भई ५३ करोड ७० लाख पुगेको छ।

    यसैगरी, महालक्ष्मी विकास बैंकले १.२६ प्रतिशतको वृद्धि गर्दै ५० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

    यस नाफा वृद्धिलाई देशको वित्तीय क्षेत्रको स्थिरता तथा विकास बैंकहरूको रणनीतिक व्यवस्थापनको प्रतिबिम्बका रूपमा हेरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend