images

२०८३ आश्विन १६ गते

images
images
images

हिमालयन बैंकको खुद नाफा २२ प्रतिशतले बढ्यो

हिमालयन बैंकको खुद नाफा २२ प्रतिशतले बढ्यो

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं । हिमालयन बैंकको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा सामान्य वृद्धि भएको हो । गत आवमा कम्पनीले १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ रहेको थियो। तुलनात्मक रुपमा कम्पनीको नाफा २२.१४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

    images
    images

    बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँबाट घटेर १० अर्ब ४५ करोड रुपैयाँमा झरेको छ भने फि तथा कमिसनबाट हुने आम्दानी १ अर्ब ३ करोड रुपैयाँबाट १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ अर्ब १४ करोड रहेको खुद सञ्चालन आम्दानी गत वर्ष १२ अर्ब ५२ करोड रुपैयाँमा झरेको छ ।अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा वृद्धि भएर ७.२८ प्रतिशतमा उक्लिएको छ भने प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ७ पैसा रहेको छ भने वितरणयोग्य मुनाफा ७ अर्ब १० करोड १५ लाख रूपैयाँले ऋणात्मक रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend