images

२०८३ आश्विन १६ गते

images
images
images

जलवायु परिवर्तनबारे नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

जलवायु परिवर्तनबारे नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएका छन् ।संसद्‌मा सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आईतवार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गाराएका हुन् ।उनले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । त्यसबारे पनि सम्मेलनमा छलफल भएको उनले बताए ।

    images
    images

    अन्तर व्यवस्थापिक संघ (आईपीयू) का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एशिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताए ।‘हामीले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौँ । त्यसको बारेमा पनि कुराकानी भयो,’ सभामुख घिमिरेले भने, ‘आइपीयूका अध्यक्षसँग पनि आउँदो जनवरी, ३० र ३१ मा एउटा एशिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम आइपियुकै अयोजनामा काठमाडौंमा सञ्चालन गर्न गइरहेका छौँ ।’

    सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) र संयुक्त राष्ट्रसंघ (यूएन)द्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे ११ साउनमा जेनेभा प्रस्थान गरेका थिए ।सम्मेलनको दौरान सभामुख घिमिरेले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्याण्ड, माल्टा, इजरायल, भुटानलगायतका मुलुकका संसद्का सभामुखहरूसँग द्विपक्षीय भेटघाट गरेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend