images

२०८३ आश्विन १६ गते

images
images
images

भोलि हिमालयन बैंकको एफपीओ बाँडफाँड हुने

भोलि हिमालयन बैंकको एफपीओ बाँडफाँड हुने

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं। हिमालयन बैंकले निष्कासन गरेको एफपीओ भोलि अर्थात् साउन १३ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार मंगलबार बिहान ९ बजे एफपीओ बाँडफाँड हुने भएको हो ।बैंकको एफपीओमा ८ लाख ६३ हजार ९१९ जनाको हात रित्तो हुनेछ । कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको एफपीओमा १७ लाख ८८ हजार ९६५ जनाले ४ करोड ९ लाख ९८ हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् । जसमार्फत ६ अर्ब ४३ करोड ६७ लाख ८६ हजार ४८० रुपैयाँ संकलन भएको छ ।

    images
    images

    कम्पनीको एफपीओमा ४.४३ गुणा बढी आवेदन परेको हो । धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुनेछ । जसअनुसार ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् । यीमध्ये ९ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाउने छन् ।बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बैंकले सेयर पूँजी वृद्धि गरी पूँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्कासन गरेको हो। एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता सेयर कायम हुनेछ।

    एफपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend