images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आज सुदूरपश्चिममा बजेट आउँदै, सांसदका लागि...

आज सुदूरपश्चिममा बजेट आउँदै, सांसदका लागि छुट्टै योजना समावेश गरिने

आज सुदूरपश्चिममा बजेट आउँदै, सांसदका लागि छुट्टै योजना समावेश गरिने

images
images
आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट आज आउँदै छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह थापाले साँझ ५ बजे बजेट प्रस्तुत गर्ने छन् ।संविधानअनुसार असार १ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने कानुनी व्यवस्थाअनुरूप प्रदेश सरकारले तयारी पूरा गरेको छ।

    images
    images

    चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षको बजेट पनि त्यसकै हाराहारीमा रहने अनुमान गरिएको छ।यस वर्षको बजेटमा प्रदेश सरकारद्वारा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई पाँच करोड र समानुपातिक सांसदहरूलाई तीन करोड रुपैयाँ बराबरका योजना दिने भन्दै योजना माग गरेको थियो । उक्त योजनाहरू सांसदहरूको सिफारिसमा विषयगत मन्त्रालयमार्फत समावेश गरिने बताइएको छ ।

    ५२ जना प्रदेशसभा सदस्यलाई दुई अर्ब १८ करोड रुपैयाँ बराबरका योजना बाँडिने तयारी छ।आर्थिक मामिला मन्त्रालयद्वारा शुक्रवार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार हालसम्म प्रदेश सरकारले जम्मा आठ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ मात्र खर्च गरेको छ।

    images
    images

    चैत मसान्तसम्म १० अर्ब ९८ करोड ९ लाख रुपैयाँ खर्च हुन बाँकी रहे पनि तीन अर्ब ८५ लाख ६६ हजार रुपैयाँ बराबरको राजस्व घाटा देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend