images

२०८३ आश्विन १६ गते

images
images
images

बालेन शाहको भ्रमणले खडा गर्‍यो आर्थिक पारदर्शिताको प्रश्न

बालेन शाहको भ्रमणले खडा गर्‍यो आर्थिक पारदर्शिताको प्रश्न

images
images
बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • काठमाडौैंः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह माथि अनियमितता गरेको आरोप लागेको छ।

    images
    images

    महालेखापरीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०८०।८१ को प्रतिवेदनमा महानगरको खर्चमा अनियमितता देखिएको भन्दै बालेन माथि अनियमितताको आरोप लागेको हो ।

    उक्त प्रतिवेदन अनुसार मेयर बालेन सहित महानगरका कर्मचारीहरूले विदेश भ्रमणमा गरेको खर्च रकम नियमसम्मत नभएको देखिएको छ। वैदेशिक भ्रमणमा भएको खर्च ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा अनियमितता देखाइएको छ।

    images
    images

    फ्रान्सको पेरिसमा बालेनले गरेको भ्रमण खर्च, ब्राजिलमा गरिएको खर्च, भारत, बंगलादेश लगायतमा गरिएको खर्चमा अनियमितता गरिएको पाइएको छ । बालेनले विदेश भ्रमणमा जाँदा अनुमति समेत नलिएको खुलेको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट भ्रमणमा संलग्न कर्मचारीको मनोनयन हुनुपर्नेमा व्यवस्था रहेको छ, तर बालेन लगायतका उनका महानगरका कर्मचारीहरू भ्रमणमा मनोनयन बेगर गएको महालेखाले उल्लेख गरेको छ । यसरी गएको भ्रमण र भुक्तानीमा भएको खर्च नियम सम्मत नभएको समेत महालेखाले उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend