images

२०८३ आश्विन १५ गते

images
images
images

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

images
images
शनिवार, आश्विन ३ २०८३
शनिवार, आश्विन ३ २०८३
  • मुस्ताङ, ३ असोज । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो ।

    images
    images

    गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केशीका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन दिनसम्म कोरला नाका हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतबाट चार लटमा ४१९ वटा भेडाच्याङ्ग्रा नेपाल भित्रिएका हुन् ।

    वरिष्ठ पशुचिकित्सक डा केसीले भदौ ३१ गते च्याङ्ग्रा १५५, असोज १ गते च्याङ्ग्रा ११८, भेडा ४६ र असोज २ गते च्याङ्ग्रा १०० वटा कोरला नाकाबाट नेपाल भित्रिएको जानकारी दिएका हुन् । चीनको स्वशासित क्षेत्र तिब्बतबाट खरिद गरी उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय व्यापारीले पशुपालन प्रयोजनार्थ भेडाच्याङ्ग्रा नेपाल भित्र्याएका पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक गणेश केसीको भनाइ छ । 

    images
    images

    पोखरा कार्यालयअन्तर्गत पोखरा अन्तरराष्ट्रिय विमानस्थल र कोरला नाकामा दुई वटा पशु क्वारेन्टाइन रहेको उनले बताएका हुन् । क्वारेन्टाइन ऐनअनुसार कुनै एक देशबाट नेपालमा पशु खरिद गरी नेपालमा ल्याउन चाहेमा कार्यालय अन्तर्गतको चेकपोस्ट वा क्वारेन्टाइन कार्यालयमा पशु निरोगिताको स्वास्थ्य प्रमाण तथा खोप लगाएको विवरण सात दिनअगावै पूर्वजानकारी गराइनुपर्ने प्रावधान रहेको छ । सोही नियमअनुसार लोमान्थाङका जनप्रतिनिधि तथा स्थानीय व्यापारीले कोरला नाका हुँदै तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल ल्याउन सुरु गरेका वरिष्ठ पशु चिकित्सक केसीको भनाइ छ ।
     
    कोरला नाकाबाट पूर्वजानकारी गरी नेपाल भित्र्याइएका भेडाच्याङ्ग्राको पशु स्वास्थ्य निरोगिताको प्रमाणपत्र तथा खोप विवरणको कागजातका आधारमा पशु चेकपोस्टद्वारा स्वीकृति प्रदान गरेको हो । सीमावर्ती भेडाच्याङ्ग्रा व्यापारीले पशु निरोगिताको प्रमाणपत्र पेस गरे पनि खोप विवरण उल्लेख नभएकाले लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल भित्रिएका भेडाच्याङ्ग्राको खोप लगाउने काम भएको वरिष्ठ पशु चिकित्सक डा केसीको भनाइ छ ।
     
    चीनबाट नेपाल भित्रिएका भेडाच्याङ्ग्रा अहिले लोमान्थाङस्थित न्याम्डो र छोसेर चरन क्षेत्रमा स्थानीय भेडाच्याङ्ग्रा बथानसँग नमिसाउने गरी बेग्लै व्यवस्थापन गरिएको छ । अन्य मुलुकबाट नेपाल भित्रिएका पशुचौपायालाई क्वारेन्टाइन ऐनअनुसार सात दिनसम्म छुट्टै व्यवस्थापन गरी राख्नुपर्ने र सोको अनुुमगन क्वारेन्टाइन चेक पोस्टका पशु प्राविधिक र प्रहरी निकायले गर्ने वरिष्ठ पशुचिकित्सक डा केसीले उल्लेख गरे ।
     
    बर्सेनि दसैँ–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वमा हिमाली भेडाच्याङ्ग्राको माग बढी हुने गर्छ । मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट भेडाच्याङ्ग्रा बजार पुर्‍याइने गरिन्छ । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका स्थानीयले व्यावसायिक रूपमा च्याङ्ग्रापालन गर्ने गरेका छन् । यस वर्ष कोरला नाकाबाट वैधानिक रूपमा तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेपछि लागि भेडाच्याङ्ग्रा केही कम मूल्य पर्न क्ने अपेक्षा गरिएको छ ।

    यसैगरी, नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक १० कन्टेनर भेडाको ऊनको नेपाल भित्रिएको पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख डा गणेश केसीले जानकारी दिएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend