images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आ.व २०८२/८३ को बजेटमार्फत गरिब पहिचान...

आ.व २०८२/८३ को बजेटमार्फत गरिब पहिचान गर्न १६ करोड बजेट

आ.व २०८२/८३ को बजेटमार्फत गरिब पहिचान गर्न १६ करोड बजेट

images
images
मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिब लक्षित विशेष कार्यक्रमका नाममा १६ करोड ९२ लाख रुपैयाँ खर्च गर्ने भएको छ । यो बजेटबाट सरकारले गरिब घर परिवार तथा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।सरकारको पहिलो प्राथमिकताको यो कार्यक्रममा गत आर्थिक वर्ष २०८०/८१ मै ८३ लाख रुपैयाँ खर्च भएको छ । यस्तो कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा २ करोड ५९ लाख रुपैयाँ खर्च हुने अनुमान सरकारले गरेको छ ।

    images
    images

    गरिब पहिचान गर्नेसहितको यो कार्यक्रमका लागि चालु आवको तुलनामा ६ गुणाभन्दा बढी बजेट राखिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको रातोमा उल्लेख छ ।सरकारले विनियोजना गरेको आगामी आर्थिक वर्षको बजेतमार्फ गरिब पहिचानाको लागि विनियोजना गरेको बजेटमा करार सेवा शुल्कको लािग २७ लाख, पत्रपत्रिका छपाई तथा सूचना प्रकासनमा ५४ लाख, कर्मचारी तालिममा ४८ लाख र बाँकी भैपरी आउने चालू खर्च शीर्षकमा १५ करोड रुपैयाँ विनियोजन भएको छ ।यसबाहेक सरकारले गरिवसँग विश्वेश्वर कार्यक्रममा ५१ लाखरुपैयाँ समेत खर्च गर्ने भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend