काठमाडौं ।नेपालको आर्थिक इतिहासमा विसं २००८ साल माघ २१ गते एक ऐतिहासिक मोडको रूपमा दर्ज गरिएको छ । यही दिन तत्कालीन अर्थमन्त्री सुवर्णसम्शेर जबराले नेपालको पहिलो बजेट सार्वजनिक गरेका थिए ।
यसअघि सरकारी आम्दानी र खर्चको आधिकारिक विवरण प्रस्तुत गर्ने अभ्यास थिएन । सुवर्ण शमशेरले पेश गरेको बजेट नै नेपालको पहिलो आधिकारिक आय–व्यय विवरणसहितको बजेट थियो । त्यसयता, केही अपवादबाहेक, प्रत्येक वर्ष सरकारले बजेट प्रस्तुत गर्ने परम्परा निरन्तर रहँदै आएको छ ।
पहिलो बजेट वक्तव्यमा उल्लेख गरिएको छ– ‘यसअघि, मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईंहरूलाई विदितै छ । अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के–केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक छ।’
बजेट पेस गर्दा अर्थमन्त्री जबराले भनेका थिए– ‘प्रजातन्त्र स्थापना भएपछि अर्थमन्त्रीको हैसियतमा आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईंहरूको सामुन्ने पेस गर्न पाउँदा आफूलाई गौरवान्वित सम्झन्छु ।’ उनले विगतमा बजेट सम्बन्धी तथ्याङ्क नहुँदा देशको आर्थिक पारदर्शिता अभावमा परेको उल्लेख पनि गरेका थिए ।नेपालको आर्थिक इतिहासमा विसं २००८ साल माघ २१ गते एक ऐतिहासिक मोडको रूपमा दर्ज गरिएको छ । यही दिन तत्कालीन अर्थमन्त्री सुवर्णसम्शेर जबराले नेपालको पहिलो बजेट सार्वजनिक गरेका थिए ।
यसअघि सरकारी आम्दानी र खर्चको आधिकारिक विवरण प्रस्तुत गर्ने अभ्यास थिएन। सुवर्णसम्शेरले पेस गरेको बजेट नै नेपालको पहिलो आधिकारिक आय–व्यय विवरणसहितको बजेट थियो । त्यसयता, केही अपवादबाहेक, प्रत्येक वर्ष सरकारले बजेट प्रस्तुत गर्ने परम्परा निरन्तर रहँदै आएको छ ।पहिलो बजेट वक्तव्यमा उल्लेख गरिएको छ,‘यसअघि, मुलुकको आम्दानी र खर्चको विषय कसैलाई जानकारी थिएन भन्ने कुरा तपाईंहरूलाई विदितै छ। अब त देशमा प्रजातान्त्रिक सरकार गठन भएकाले देशभर के–केमा खर्च हुन्छ भन्ने जानकारी सरकारबाट पाउने हक छ।’बजेट पेस गर्दा अर्थमन्त्री जबराले भनेका थिए,‘प्रजातन्त्र स्थापना भएपछि अर्थमन्त्रीको हैसियतमा आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाईंहरूको सामुन्ने पेस गर्न पाउँदा आफूलाई गौरवान्वित सम्झन्छु।’ उनले विगतमा बजेट सम्बन्धी तथ्याङ्क नहुँदा देशको आर्थिक पारदर्शिता अभावमा परेको उल्लेख पनि गरेका थिए।




.gif)





