images

२०८३ आश्विन १८ गते

images
images
images

शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने

शिक्षक महासङ्घले सडक आन्दोलनलाई निरन्तरता दिने

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौँ । नेपाल शिक्षक महासङ्घले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ । महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलन जारी रहने  जानकारी दिएका हुन् । 

    images
    images

    सरकारले मंगलबार राति बजेट अधिवेशन आह्वान गर्ने र सङ्घीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो । 

    तर महासङ्घले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने भएको हो ।अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्–'देश भरिका सबै साथीहरू आन्दोलनको  यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौँ आइपुग्नुहोला । '

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend