images

२०८३ आश्विन २४ गते

images
images
images

बजारमा भुईंकटहर प्रतिगोटा २ सय रुपैयाँ

बजारमा भुईंकटहर प्रतिगोटा २ सय रुपैयाँ

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । कालीमाटी  फलफूल तथा तरकारी बजारमा भुईंकटहरको थोक मूल्य प्रतिगोटा अधिकतम २ सय रुपैयाँ रहेको छ । यसको औसत भाउ १९० रुपैयाँसम्म छ ।

    images
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि निर्धारण गरेको तरकारी तथा फलफूलको थोक मूल्य अनुसार भुईंकटहरको भाउ प्रतिगोटा अधिकतम २०० रुपैयाँ कायम छ ।

    भुईंकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुईंकटहर नेपालमा तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।

    images
    images

    भुईंकटहर खुद्रा व्यवसायीले काटेर पनि बिक्री गर्ने गरेका छन् । खुद्रा पसलमा भुईंकटहर प्रतिगोटा २१० देखि २२० रुपैयाँसम्म बेच्ने गरेको पाइन्छ ।फलफूल तथा जुस पसलमा भुईंकटहरको जुस मात्रै पनि किन्न पाइन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend