images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • ४ करोड बिगो ठहर भएका बैंकिङ...

४ करोड बिगो ठहर भएका बैंकिङ कसुरका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ

४ करोड बिगो ठहर भएका बैंकिङ कसुरका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । बैंकिङ कसुर मुद्दामा ४ करोड रुपैयाँ बिगो ठहर भई फरार रहेका एक प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ (साविक झौखेल गाविस) का ६३ वर्षीय दिपक चन्द्र न्यौपाने रहेका छन्।राधा पाण्डेयको जाहेरीमा उक्त बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतले २०८१ वैशाख ७ गते फैसला सुनाउँदै न्यौपानेलाई ४ करोड रुपैयाँ बिगो, बिगो बमोजिमको जरिवाना र १ महिना १५ दिन कैद सजाय ठहर गरेको थियो।

    images
    images

    अदालतको फैसलापछि सजाय बेरुजु राखी फरार रहेका न्यौपाने काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा लुकिछिपी बस्दै आएका थिए। विशेष गोप्य सूचनाका आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले उनलाई भक्तपुर नगरपालिका वडा नं. १ स्थित सृजनाटोलबाट पक्राउ गरेको सीआईबीले शुक्रबार जनाएको छ ।पक्राउ परेका न्यौपानेलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend