images

२०८३ आश्विन २३ गते

images
images
images
  • विमा
  • बीमाको महत्व बुझाउन रत्न माध्यमिक विद्यालयमा...

बीमाको महत्व बुझाउन रत्न माध्यमिक विद्यालयमा अन्तरक्रिया

बीमाको महत्व बुझाउन रत्न माध्यमिक विद्यालयमा अन्तरक्रिया

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले रंगेलीस्थित रत्न माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images
    rangeli ratnrajya school.jpg
    undefined

    विद्यार्थीहरूलाई बीमाको महत्व, आवश्यकता र आर्थिक सुरक्षाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थी समाज रूपान्तरणका संवाहक भएकाले उनीहरूमार्फत बीमासम्बन्धी चेतना अभिभावक हुँदै समुदायस्तर सम्म पुर्‍याउन सकिने अपेक्षासहित प्राधिकरणले विद्यालय तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    कार्यक्रममा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमालाई केवल कागजी सम्झौताका रूपमा नभई जीवन तथा सम्पत्तिको आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्ने बताएका छन्। उनले विद्यालय तहदेखि नै बीमासम्बन्धी ज्ञान प्रदान गर्दा विद्यार्थीमा वित्तीय सचेतना अभिवृद्धि हुने र उनीहरूले परिवार तथा समुदायलाई समेत आर्थिक सुरक्षाबारे जानकारी दिन सक्ने धारणा व्यक्त गरेका छन्।

    images
    images

    अन्तरक्रिया कार्यक्रममा प्राधिकरणका प्रथम सहायक मिलन पोखरेलले बीमाको महत्व, आवश्यकता र सम्भावित आर्थिक क्षतिबाट जोगिन बीमाले खेल्ने भूमिकाबारे विद्यार्थी तथा शिक्षकलाई प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा देशको समग्र वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान, बीमाको अवधारणा, जीवन बीमा तथा निर्जीवन बीमाका प्रकार र तिनको उपयोगिताबारे जानकारी गराइएको थियो। साथै, जीवनमा आइपर्न सक्ने विभिन्न जोखिम तथा सम्पत्तिमा हुन सक्ने क्षतिबाट आर्थिक सुरक्षाका लागि बीमाको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो।

    कार्यक्रमपछि विद्यार्थीहरूका लागि बीमासम्बन्धी खुला प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो। उक्त सत्रमा विद्यार्थीहरूले बीमाको आवश्यकता, यसको कार्यप्रणाली तथा व्यवहारमा बीमाको उपयोगिताबारे आफ्ना जिज्ञासा र द्विविधा राखेका थिए। प्राधिकरणका प्रतिनिधिहरूले विद्यार्थीका प्रश्नको जवाफ दिँदै बीमासम्बन्धी आधारभूत जानकारी प्रदान गरेका थिए।

    प्रदेश कार्यालय प्रमुख महर्जनका अनुसार विद्यालय तहदेखि नै विद्यार्थीलाई व्यावहारिक वित्तीय ज्ञान प्रदान गर्न सके उनीहरू भविष्यमा जिम्मेवार नागरिक बन्नुका साथै आफ्नो परिवारलाई समेत आर्थिक सुरक्षाका उपाय अपनाउन प्रेरित गर्न सक्छन्।

    बीमासम्बन्धी ज्ञानलाई समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस्ता कार्यक्रमले विद्यार्थी तथा शिक्षकमा वित्तीय साक्षरता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बीमाको महत्व र उपयोगिताबारे समयमै जानकारी प्राप्त हुँदा नागरिकले सम्भावित जोखिम व्यवस्थापन तथा आर्थिक सुरक्षाका विषयमा सचेत निर्णय लिन सक्नेछन्।

    नेपाल बीमा प्राधिकरणले विद्यालय तथा समुदायमा लक्षित सचेतनामूलक कार्यक्रममार्फत बीमासम्बन्धी जानकारी विस्तार गर्दै वित्तीय साक्षरता प्रवर्द्धन गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend