images

२०८३ मंसिर १२ गते

images
images
images
  • विमा
  • बीमा प्राधिकरणमा २९९ उजुरी विचाराधीन, तीन...

बीमा प्राधिकरणमा २९९ उजुरी विचाराधीन, तीन महिनामा ९४ वटाको मात्रै फर्छ्यौट

बीमा प्राधिकरणमा २९९ उजुरी विचाराधीन, तीन महिनामा ९४ वटाको मात्रै फर्छ्यौट

images
images
मंगलवार, मंसिर ८ २०८३
मंगलवार, मंसिर ८ २०८३
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणमा बीमित र बीमा कम्पनीबीच देखिएका विवाद तथा असन्तुष्टिसम्बन्धी २९९ वटा उजुरी अझै विचाराधीन अवस्थामा रहेका छन् । चालू आर्थिक वर्ष २०८३र८४ को असोज मसान्तसम्म प्राधिकरणमा परेका कुल ३९३ उजुरीमध्ये ९४ वटाको मात्रै फर्छ्यौट भएको छ ।प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ७४ वटा नयाँ उजुरी दर्ता भएका छन् । तीमध्ये केन्द्रीय कार्यालयमा ५४ र प्रदेश कार्यालयहरूमा २० वटा उजुरी परेका हुन् । नयाँ दर्ता भएका ७४ र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३१९ वटा गरी कुल ३९३ उजुरीमाथि प्राधिकरणले कारबाही अघि बढाएको थियो ।

    images
    images

    गत आर्थिक वर्ष २०८२र८३ को सोही अवधिमा भने २०६ वटा नयाँ उजुरी दर्ता भएका थिए । तीमध्ये केन्द्रीय कार्यालयमा १४९ र प्रदेश कार्यालयहरूमा ५७ वटा उजुरी परेका थिए । यसरी हेर्दा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको असोज मसान्तसम्म नयाँ उजुरी दर्ता हुने संख्या उल्लेख्य रूपमा घटेको देखिन्छ ।त्यस्तै, गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका उजुरीको संख्या पनि यस वर्ष कम छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३९४ वटा उजुरी थिए । नयाँ दर्ता भएका २०६ वटा उजुरीसमेत जोड्दा त्यस अवधिमा कुल ६०० वटा उजुरी कारबाहीको प्रक्रियामा रहेका थिए । चालू आर्थिक वर्षको सोही अवधिमा भने यस्तो संख्या घटेर ३९३ मा सीमित भएको छ ।प्राधिकरणले चालू आर्थिक वर्षको असोज मसान्तसम्म फर्छ्यौट गरेका ९४ उजुरीमध्ये ७५ वटा फैसलामार्फत टुंग्याएको छ भने १९ वटा उजुरी दुवै पक्षबीचको आपसी सहमति तथा सम्झौताबाट समाधान गरेको छ । यसले उजुरी निरूपणमा आपसी सहमतिभन्दा औपचारिक कानुनी प्रक्रियाबाट भएका फैसला बढी रहेको देखाउँछ ।

    गत आर्थिक वर्ष २०८२र८३ को असोज मसान्तसम्म भने प्राधिकरणले २८१ वटा उजुरी फर्छ्यौट गरेको थियो । तीमध्ये २०४ वटा फैसलामार्फत र ७७ वटा आपसी सहमतिमा टुंग्याइएको थियो । गत वर्षको तुलनामा चालू आर्थिक वर्षको समीक्षा अवधिमा उजुरी फर्छ्यौट संख्या १८७ वटाले घटेको छ ।यद्यपि, विचाराधीन उजुरीको संख्या भने अघिल्लो वर्षको तुलनामा घटेको छ । गत वर्षको असोज मसान्तसम्म ३१९ वटा उजुरी विचाराधीन रहेकामा यस वर्ष २९९ वटा बाँकी छन् । तर, नयाँ उजुरी दर्ता हुने संख्या घट्दा पनि फर्छ्यौटको गति सुस्त रहनुले प्राधिकरणमाथि उजुरी निरूपणलाई प्रभावकारी बनाउनुपर्ने चुनौती देखिएको छ ।बीमा दाबी भुक्तानीमा ढिलाइ हुनु, बीमा कम्पनीले दाबी अस्वीकार गर्नु तथा कम्पनीबाट प्राप्त सेवाप्रति असन्तुष्टि रहनु उजुरीका प्रमुख कारण हुन् । बीमितले आफ्नो दाबीअनुसारको भुक्तानी नपाएको वा बीमा कम्पनीबाट उचित सेवा नपाएको अवस्थामा नियामक निकायमा उजुरी गर्न सक्ने व्यवस्था छ ।बीमितको हकहित संरक्षण गर्नु र बीमा कम्पनीलाई जवाफदेही बनाउनु प्राधिकरणको प्रमुख जिम्मेवारी हो । तर, चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुल उजुरीको करिब एक चौथाइ मात्रै फर्छ्यौट हुनुले उजुरी निरूपणको गति बढाउनुपर्ने आवश्यकता देखाएको छ । समयमा उजुरीको टुंगो नलाग्दा बीमितले न्याय पाउन थप समय कुर्नुपर्ने अवस्था छ ।

    images
    images

    images
    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend