images

२०८३ आश्विन २३ गते

images
images
images
  • शिक्षा
  • शिक्षकलाई सवारी खरिदमा ८० प्रतिशत ब्याज...

शिक्षकलाई सवारी खरिदमा ८० प्रतिशत ब्याज सहुलियत दिने प्रस्ताव, अर्थ मन्त्रालयमा पठाइयो

शिक्षकलाई सवारी खरिदमा ८० प्रतिशत ब्याज सहुलियत दिने प्रस्ताव, अर्थ मन्त्रालयमा पठाइयो

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौं।  शिक्षकहरूलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३’ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।प्रस्तावित नियमावलीअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

    images
    images

    नियमावलीको मस्यौदामा सवारी साधन खरिदका लागि बैंकमार्फत लिइने कर्जामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्ने उल्लेख छ। बाँकी २० प्रतिशत रकम भने सम्बन्धित शिक्षकले नै व्यवस्थापन गर्नुपर्नेछ।प्रस्तावअनुसार शिक्षक सेवामा बहाल रहेसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले व्यहोर्ने व्यवस्था गर्न लागिएको हो। यद्यपि, नियमावली अर्थ मन्त्रालयको सहमतिपछि स्वीकृत भएर कार्यान्वयनमा आएमा मात्रै शिक्षकहरूले यस्तो सुविधा प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend