काठमाडौँ । काठमाडौँको तिलगंगामा बाँदरको समूहले झम्टिएपछि विद्यालयका प्रधानाध्यापक र कर्मचारी कक्षाकोठामै थुनिएका छन् । गौशालास्थित तिलगंगामा रहेको शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक महेश भण्डारीसहित दुई जना कर्मचारी कक्षामै थुनिएका हुन् ।
बिजुलीको पोलमा एउटा बाँदरलाई करेन्ट लागेपछि अरू बाँदर जम्मा भएर शिक्षक र कर्मचारीलाई झम्टिन खोजेका हुन् । शुक्रबार त्यसबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयसँगको समन्वयमा बाँदर लखेटेर प्रधानाध्यापक र कर्मचारीलाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताए ।शुक्रबार विद्यालयमा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम थियो । कार्यक्रम सकेर विद्यार्थी र धेरै शिक्षक निस्किए पनि ३ जना निस्किने तयारी गर्दै गर्दा आक्रोशित बाँदरको समूहले झम्टेको हो ।




.gif)



