काठमाडौँ । शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक गरिएको छ । बैठकले विश्व बैंकसँग अर्थक्वेक क्याटास्ट्रोफी फण्ड (भूकम्प विपद् व्यवस्थापन कोष) मा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको छ । त्यस्तै, विटौरी जग्गामा बसोबास गरिआएका व्यहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश २०८३ स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।
यसैगरी जापानको आइची नागोयामा भएको २० औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।त्यस्तै, नेपाल न्याय सेवा सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने निर्णय सरकारले गरेको छ । न्यौपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरेको छ ।




.gif)



