images

२०८३ आश्विन २३ गते

images
images
images
  • अन्य
  • सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणमा सहयोग...

सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणमा सहयोग गर्न नेपाल प्रहरीको आग्रह

सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणमा सहयोग गर्न नेपाल प्रहरीको आग्रह

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि नेपाल प्रहरीले सम्पूर्ण सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई ट्राफिक नियमको पूर्ण पालना गर्न हार्दिक अनुरोध गरेको छ।

    images
    images

    सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति कम गर्न तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न तथा सवारीसाधनको अवस्था नियमित रूपमा जाँच गर्न प्रहरीले आग्रह गरेको छ।

    त्यसैगरी, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सडक तथा ट्राफिक संकेतहरूको पालना गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

    images
    images

    सुरक्षित यात्रा, जिम्मेवार चालक र ट्राफिक नियमको पालना नै दुर्घटना न्यूनीकरणको प्रमुख आधार हो। आफ्नो अमूल्य जीवनको सुरक्षा गर्दै सडक सुरक्षामा सहयोग गर्न नेपाल प्रहरीले सबैलाई अपिल गरेको छ।

    सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणमा सहयोग गर्न नेपाल प्रहरीको हार्दिक अनुरोध ।

    सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणमा सहयोग गर्न नेपाल प्रहरीको हार्दिक अनुरोध ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend