images

२०८३ आश्विन २२ गते

images
images
images

चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

images
images
बिहिवार, आश्विन २२ २०८३
बिहिवार, आश्विन २२ २०८३
  • काठमाडौँ, २२ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतो सम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । 

    images
    images

    अनुसन्धानबाट रु ६६ लाख ५३ हजार बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो।

    प्रतिवेदनमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिएका छन् ।

    images
    images

    “अनुसन्धानका क्रममा प्राप्त प्रमाण र कागजातको अध्ययनबाट रु ६६ लाख ५३ हजार अनियमितता भएको देखिएको छ । त्यसका आधारमा उनीहरुलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको हो,” प्रवक्ता जबराले रासससँग भनेका छन् ।

    एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया र विभिन्न प्रतियोगितासँग जोडिएका गतिविधिमाथि केन्द्रित रहेर सिआइबीले अनुसन्धान गरेको थियो । “अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेका छौँ । अब प्रतिवेदनमा उल्लेख भएका तथ्य, प्रमाण र कानुनी व्यवस्थाका आधारमा आवश्यक निर्णय हुनेछ,” प्रवक्ता जबराले भनेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend