images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • अब जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर...

अब जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास लिन पाइने, यी हुन् ६ स्थान

अब जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास लिन पाइने, यी हुन् ६ स्थान

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटफेर गरेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन् । चाडपर्वको समयमा एकअर्का ब्रान्डका सिलिन्डर सट्टापट्टा गर्न नपाएर उपभोक्ताले सास्ती खेप्नुपरेको गुनासो आएपछि नेपाल एल‍पि ग्यास उद्योग सङ्घले यस्तो व्यवस्था गरेको हो।नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा आगामी असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म उपत्यकाका ६ वटा निश्चित स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने सङ्घले जनाएको छ । यी केन्द्रहरूबाट प्रत्येक दिन बिहान ९ः ३० बजेदेखि अपराह्न ४ः ३० बजेसम्म सेवा लिन सकिनेछ।

    images
    images

    भारतका विभिन्न रिफाइनरीहरूबाट ग्यासको आयात नियमित भइरहेको र गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको सङ्घले स्पष्ट पारेको छ। आपूर्ति सहज भए पनि चाडबाडका बेला खाली सिलिन्डर साटफेरमा देखिएको समस्या समाधान गर्न यो विशेष व्यवस्था गरिएको सङ्घका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    सिलिन्डर साटिने र बिक्री हुने स्थानहरू तथा सम्पर्क :

    images
    images

    १.सिफलचौर, काठमाडौँ (ग्यास एन्ड अक्सिजन ट्रेडर्स)

    उपलब्ध ब्रान्ड : एभरेस्ट र सुगम

    सम्पर्क : ९८०१०९१२७७

    २.पेप्सीकोला, काठमाडौँ

    उपलब्ध ब्रान्ड : सगर ग्यास

    सम्पर्क :  ०१–५१५६२७४

    ३.बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि, काठमाडौँ

    उपलब्ध ब्रान्ड : नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी

    सम्पर्क : ९८०२९५०४१७

    ४.सुकेधारा, काठमाडौँ

    उपलब्ध ब्रान्ड :  बाबा र श्री ग्यास

    सम्पर्क : ९८५१११३७०४

    ५. कलङ्की, काठमाडौँ

    उपलब्ध ब्रान्ड :  साईबाबा र श्रीकृष्ण ग्यास

    सम्पर्क : ९८५१०६०१९२

    ६. हरिसिद्धि, ललितपुर

    उपलब्ध ब्रान्ड : श्रीराम ग्यास

    सम्पर्क : ९८५११३७७३२

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend