images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • भारत सरकारको सहयोगमा १० विकास परियोजनाको...

भारत सरकारको सहयोगमा १० विकास परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

भारत सरकारको सहयोगमा १० विकास परियोजनाको समझदारीपत्रमा हस्ताक्षर

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौँः भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    images
    images

    भारतको सहयोगमा कूल रु ६२ करोड पाँच लाख परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले आज समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको छन् ।

    नेपालमा यी परियोजना नेपाल सरकारका स्थानीय निकाय जस्तै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका मार्फत कार्यान्वयन गरिने दूतावासले उल्लेख गरिएको छ । यी उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को कार्यान्वयनले नेपालका जनतालाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा र सांस्कृतिक सुविधा प्रदान गर्न पनि मद्दत गर्नेछ ।

    images
    images

    सन् २००३ यता भारतले आज समझदारी पत्रमा हस्ताक्षर भएका १० वटा परियोजना सहित नेपालमा ५७३ भन्दा बढी एचआइसीडीपीहरुमा कार्य गरेको छ र नेपालका सात वटै प्रदेशका तल्लो तहमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक उपयोगिताको सिर्जनाका क्षेत्रमा चार सय ९५ परियोजना पूरा गरिसकेको छ । बाँकी परियोजना विभिन्न चरणहरूमा सञ्चालनमा रहेका छन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend