images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो,अब कुनमा कति...

पेट्रोलियम पदार्थको मूल्य घट्यो,अब कुनमा कति ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो,अब कुनमा कति ?

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    images
    images

    इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले सोमबार राति देखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर ७ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको जनाएको छ ।

    हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको जनाएको छ । साथै, पेट्रोल र खाना पकाउने एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

    images
    images

    इण्डियन आयल कर्पोरेशनबाट चैत्र १८, २०८१ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा ४५ पैसा बढेर तथा प्रति लिटर डिजेलमा २ रुपैयाँ १५ पैसा र प्रति लिटर हवाई इन्धनमा ६ रुपैयाँ ५९ पैसाले घटेर आएको निगमले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend