काठमाडौं । बजारमा खाने तेलको मूल्य स्थिर छ।नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो।संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।बजारमा खाने तेल भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेल पाइन्छ।
चैत १५ गतेको तथ्यांक अनुसार भुटेको तोरीको तेल प्रतिलिटर चार सय १० र काँचो तोरीको तेल दुई सय ४५ देखि तीन सय २५ रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, भटमास र सनफ्लावरको तेल प्रतिलिटर दुई सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।१५ दिनअघि अर्थात् चैत १ गते पनि यी सबै प्रकारका तेल सोही मूल्यमा कारोबार भइरहेको थियो।




.gif)





