images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेको इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने...

नेको इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

नेको इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज चैत १४ गते अन्तिम दिन हो।

    images
    images

    कम्पनीले फागुन ८ गतेदेखि बिक्री खुला गरेको ४ः१ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ। हकप्रद निष्कासनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरेको थियो। यसर्थ बुक क्लोजभन्दा अघिल्लो मितिसम्म कायम सेयर धनीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ। हकप्रद बाँडफाँडपछि चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend