images

२०८३ आश्विन २३ गते

images
images
images

बजारमा घट्यो कोइरालोको मूल्य,प्रतिथोक कति पर्छ?

बजारमा घट्यो कोइरालोको मूल्य,प्रतिथोक कति पर्छ?

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । बजारमा कोइरालोको मूल्य घटेको छ।आपूर्ति बढेसँगै बजारमा कोइरालोको मूल्य घटेको हो।कालीमाटी बजार विकास समितिको तथ्यांक हेर्दा आइतबार कालीमाटीमा कोइरालो प्रतिथोक मूल्य एक सय ८० देखि दुई सय रूपैयाँ छ।

    images
    images

    गत आइतबार कालीमाटी बजारमा कोइरालो तीन सय ५० देखि चार सय रूपैयाँमा कारोबार भएको थियो। सिजन सुरू भएसँगै कोइरालोको मूल्य घट्न थालेको हो।  सुरूआति चरणमा कोइरालो प्रतिथोक मूल्य पाँच सयदेखि पाँच सय ५० रूपैयाँसम्ममा कारोबार भएको थियो। 

    चैत कोइरालोको मुख्य सिजन हो। कोइरालो विशेषगरी धादिङको धुनेबेशी नगरपालिकाको जीवनपुर, केबलपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट आउने गरेको छ। व्यवसायीहरूका अनुसार कोइरालो यो महिनाभरी आउने छ। कोइरालो ओइलाउने र बिग्रिहाल्ने भएकाले धेरै समय राख्न सकिँदैन।कोइरालो एक प्रकारको वनस्पति हो। यसको फूलको अचार बनाएर खाने गरिन्छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend