images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • क्यानडाको धातुमा ५० प्रतिशत कर लगाउने...

क्यानडाको धातुमा ५० प्रतिशत कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प

क्यानडाको धातुमा ५० प्रतिशत कर लगाउने निर्णयबाट पछि हटे ट्रम्प

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको स्टिल, आल्मुनियमलगायत अन्य धातुमा ५० प्रतिशत कर लगाउने निर्णयबाट पछि हटेका छन् ।

    images
    images

    क्यानडाले उत्तर अमेरिकाका केही राज्यमा बिजुली आपूर्ति शुल्क वृद्धि गरेपछि ट्रम्पले त्यसको प्रतिउत्तरमा धातुहरूमा कर वृद्धि गर्ने घोषणा गरेका थिए । क्यानडा विद्युत् आपूर्तिमा थप शुल्क लगाउने निर्णयबाट पछि हटेसँगै ट्रम्पले पनि आफ्नो पूर्वघोषणा तत्कालका लागि स्थगित गरेका हुन् ।

    यद्यपि, क्यानाडाबाट आयात हुने यी धातुहरूमा १२ मार्चदेखि २५ प्रतिशत ट्यारिफ भने जारी रहने बिबिसीले जनाएको छ ।यो दुई देशहरू बीच चलिरहेको व्यापार युद्धको लागि एक महत्त्वपूर्ण कदम हो, जुन अमेरिका र क्यानाडा दुवैको अर्थव्यवस्थाको लागि घातक छ।

    images
    images

    अमेरिकाले इस्पात आयात गर्ने देशको अग्रपंक्तिमा क्यानडा पर्छ । सन् २०२४ मा अमेरिकाले सबैभन्दा बढी स्पात क्यानाडाबाट आयात गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend